एकताबाट बनेको नयाँ पार्टीको ९ सदस्यीय केन्द्रीय सचिवालय सदस्य हुने


काठमाडौ, ३ जेठ । एमाले माओवादी एकताबाट बन्ने नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय केन्द्रीय सचिवालय सदस्य हुने भएको छ ।
एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकले ९ सदस्यीय केन्द्रीय सचिवालय सदस्य बनाउने निर्णय गरेको हो । बैठकमा पार्टी एकताको दस्तावेजमा हस्ताक्षर भएको छ । पार्टी एकता आज पत्रकार सम्मेलन मार्फत घोषणा गरिने छ । पार्टी घोषणापछि आजै निर्वाचन आयोगमा दल दर्ता गरिने छ । यस्तै नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटि बैठक गाकर्णमा बस्ने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । पार्टीको औपचारिक घोषणा हुनुभन्दा अगाडि अहिले एमालेको बैठक जारी छ भने माओवादी केन्द्रको बैठक केहीबेरमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्