एकतामा ढिलाई भए देश राजनीतिक अराजकताको भूमरीमाः प्रचण्ड


Prachanda-pictureकाठमाडौं, २१ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले–माओवादीबीचको एकतामा ढिलाई हुँदै गए देश राजनीतिक अराजकताको भूमरीमा फस्ने खतरा औंल्याएका छन् ।
कार्लमाक्र्स द्विशतवार्षिकीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले देशलाई राजनीतिक अराजकताको भूमरीमा फस्नबाट जोगाएर समाजवादको यात्रातर्फ अघि बढाउन पनि दुई पार्टीबीच छिटो एकता हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
‘हामीले राष्ट्रलाई एकताबद्ध गर्न, राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्दै समाजवादको आधार तयार गर्न एकताका लागि ढिलाई गर्नुहुन्न, कम्युनिष्टहरुबीच एकता नभएकै कारण देश ७० वर्षसम्म राजनीतिक अराजकताको भूमरीमा प¥यो, प्रचण्डले भने,‘अब पनि ढिलाई गर्न थाल्यौं भने देश त्यस्तै भूमरीमा फस्नसक्छ ।’
पुजिवादी विद्वानहरुले केही वर्षभित्र नेपालको अस्तित्व नै विलोप हुने खतरा औंल्याएकोतर्फ संकेत गर्दै प्रचण्डले दुई पार्टी एकीकरण छिटो सम्पन्न गरेर संसारभरीका प्रतिक्रियावादीहरुलाई चोटिलो जवाफ दिनुपर्ने दायित्व आफूहरुको काँधमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्