एकता मिति घोषणाका लागि विहिबार संयोजन समिति बैठक


काठमाडौं, २ जेठ  । एमाले –माओवादी केन्द्रबीचको बहुप्रतिक्षित एकतालाई अन्तिम रुप दिन विहिबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भएको छलफलपछि एकता मिति टुंगो लगाउन विहिबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने समझदारी भएको हो ।
‘एकता प्रक्रिया अन्तिम बिन्दूमा पुगेको छ, फाईनल टचसहित मिति घोषणाका लागि विहिबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ’, बैठकपछि एमाले उपमहासचिव विष्णु पौडेलले भने,‘भोलि नै संयोजन समितिको बैठकले आवश्यक निर्णय लिनेछ ।’

प्रतिक्रिया दिनुहोस्