एकता हुन नदिन प्रतिक्रियावादीले दैनिक धुप बालिरहेका छन्ः खनाल


Jhalnath-Khanal1काठमाडौं, २१ वैशाख । एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादीबीचको एकता हुन नदिन प्रतिक्रियावादीहरुले बिभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
कार्लमाक्र्स द्विशतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले छिटो एकता गरेर एकताबिरोधीहरुलाई जवाफ दिनुपर्ने बताए । ‘देशभित्र र बाहिरका प्रतिक्रियावादीहरु एकता नहोस् भनेर दिनहुँ धुप बालेर बसिरहेका छन्, त्यसैले छिटो एकता सम्पन्न गरेर प्रतिक्रियावादीहरुको मुटुमा ढ्याङग्रो ठोक्नुपर्छ ।’ खनालले भने । मुलुक समाजवादको यात्रातर्फ अघि बढेकाले परिवर्तनको प्रवाहअनुसार एकता गर्नुृको विकल्प नरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्