एक अर्ब अठचालीस करोड राजस्व सङ्कलन


७ भदौ । जिल्ला मालपोत कार्यालय काँस्कीले आव २०७२÷७३ मा रु एक अर्ब ४० करोड ४८ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले यस अवधिमा लक्ष भन्दा तेब्बर बढी राजस्व सङ्कलन गरेको हो । सो अवधिमा रु ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । आव २०७१÷७२ मा रु ९३ करोड २८ लाख ६९ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले सो अवधिमा घरजग्गा रजिष्ट्रेसनबाट मात्रै रु एक अर्ब ५९ लाख ६४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै पुँजीगत लाभकरबाट रु १६ करोड सातलाख ६३ हजार र अन्य विविधबाट रु ९ करोड ८० लाख ८६ हजार राजस्व सङ्कलन गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्