एक ढिक्का एमालेभित्र विभाजन ल्याउन खोज्नेहरु आफैँ समाप्त हुन्छन्ः झलनाथ खनाल


२८ चैत । नेकपा .(एमाले) वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई कुवेलाको सहनाईको संज्ञा दिइएका छन् । नेकपा (एमाले) ललितपुर महानगरपालिका २३ नं वडा कमिटिले आयोजना गरेको नववर्ष २०७४ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश समारोहमा बोल्दै यस्तो संज्ञा दिएका हुन् ।

उनले सरकारलाई खुट्टा नकमाई निर्वाचनको वातावरण बनाउन आग्रह पनि गरे । सरकारले स्थानीय निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बेलामा संविधान संशोधनको  रटान लाउनुको कुनै तुक नभएको दाबी पनि गरे ।

वरिष्ठ नेता खनालले एमालेको एजेण्डाका पक्षमा देश एक ढिक्का भइरहेका बेला पार्टीभित्रको एकतालाई केही तत्वहरुले एकता भत्काउन लागेको पनि खुलासा गरे । उनले एमाले भित्र विभाजन ल्याउन खोज्नेहरु नै समाप्त हुने पनि दाबी गरे ।

उनले एकताबद्ध बनाएर निर्वाचनको कमाण्ड सम्हाल्न कार्यकर्ता पंक्तिलाई सचेत गराए । एमालेको एजेण्डा र एमालेको पक्षमा उत्रिएको जनलहरको सामना गर्न अन्य दललाई चेतावनी गर्दै नेता खनालले निर्वाचन सार्ने वा नगर्ने भन्दै षड्यन्त्रमा नउत्रन अन्य दललाई आग्रह पनि गरे ।

खनालले एमालेको नेतृत्वमा गठन भएको सरकारले जनताको चाहनामा आधारित भएर गरेको विकासको फेहरिस्त जनताले पढिरहेको पनि बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज सुशिला नेपाल, जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलगायतले पनि बोलेका थिए । कार्यक्रममा स्थानीय अगुवा महिला नेतृ मधु श्रेष्ठ ठकुरी सहित १ सय ५० स्थानीय महिला तथा युवाहरुले नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्