एक दिने स्पोर्ट्स न्युट्रिसन सेमिनार सम्पन्न


३ मंसिर  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्ट्स न्युट्रिसन भएको छ । सेमिनारमा  प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान दिनुपर्नेलगायतका विषयमा जानकारी दिइएको थियो ।

एकदिने सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी करिब ५२ जनाको सहभागीता रहेको थियो । सहभागीलाई पोषणविद् केपी लम्सालले खानपिनबारे सुझाव दिएका थिए । सेमिनारमा राखेप सदस्य–सचिव केशवकुमार विष्टको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्