एक दुई जना उभिएकै भरमा संसद अबरुद्ध हुन सक्दैनः प्रधानमन्त्री


काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संसद्मा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशनसमेत दिए । “संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाई गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुप¥यो” प्रधानमन्त्री ओलीले भने, “शीर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।”
संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुनदिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाईसक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताए । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन ग¥यो भन्नुको कुनै तुक नभएको पनि बताए । “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ” प्रधानमन्त्री ओलीले भने “त्यसकारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।”
वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक काम गर्ने स्पष्ट पारे । “यस सरकारलाई असफल हुने छुट छैन” प्रधानमन्त्री ओलीले भने,“यसलाई असफल हुन पनि दिइदँैन ।” वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, “कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले डा.गोविन्द केसीको अनसनतोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्