एक हजार बढी बहिर्गमित लडाकुले पेरिसडाँडा घेरेपछि…


२२ कात्तिक । बहिगर्मित लडाकुका कारण सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको मुख्यालयमा केही निकै तनाब भएको छ ।

बहिगर्मित लडाकुहरुले पार्टीको मुख्यालय पेरिसडाँडा घेराउ गरेपछि केहीबेर त्यहाँ तनाब भएको हो । सरकारसँग यस अघि भएका सहमति समेत कार्यान्वयन नभएपछि आफूहरुले बाध्य भएर मुख्यालय घेराउ गर्नु परेको उनीहरुले बताएका छन् । विभिन्न जिल्लाबाट आएका करिब १ हजार बढी लडाकुृले पेरिसडाँडा घेराउ गरेका हुन् ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा पनि न्याय नपाएपछि विकल्पका रुपमा त्यसो गरेको बहिगर्मित जनमुक्ति सेनाका अध्यक्ष लेलीन विष्टले जानकारी दिएका छन् । उनीहरुले माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

अहिलेसम्म पनि राज्यपक्षबाट कुनै सुविधा नपाएको भन्दै उनीहरुले पटक–पटक आन्दोलन गर्दै आएका छन् । ‘बाबुराम भट्टराईको सरकारको बेलामा जनही लाख दिने निर्णय भएको थियो,’ एक लडाकुले भने, ‘ती पूरा नहुन्जेल हामी आन्दोलन जारी राख्छौँ ।’

प्रतिक्रिया दिनुहोस्