एक हप्ताभित्र चुनावको मिति घोषणा हुन्छः मन्त्री महरा


११ माघ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्ने बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

‘एक वर्षभित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार छ,’ उनले भने, ‘एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्छ । हामी अव संविधान कार्यान्वयनको दिशामा अघि बढ्यौँ ।’

भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपाल बीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए ।  उनले नेपाल संक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको पनि बताए  ।

त्यस अवसरमा लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्तरक्रिया गरेको जानकारी गराउँदै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्