एनआईसी एसिया बैंकले वर्ष दिनमा ७ हजार वृक्षारोपण गर्ने


२२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पारेर एनआईसी एसिया बैंक कुस्मा शाखाले सोमबार जिल्ला प्रहरी कार्यालय, पर्वत, बैंकको अत्तरिया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैंकको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ ।

सो बैंकले देशभरि रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानजस्ता स्थानहरुमा वृक्षारोपण एवं सोको यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनोट गरी सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको सो बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र मुलुकभर ७ हजार बिरुवा वृक्षरोपण गर्ने अठोट लिएको पनि जनाइएको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्