एनजिओ र आईएनजिओलाई सरकारले यसरी लगाउँदैछ लगाम


काठमाडौं, १३ साउन । सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्था(एनजिओ र आइएनजिओ)हरुले गलत उद्धेश्यका साथ काम गर्न नपाउनेगरी लगाम लगाउने भएको छ ।
केही आइएनजिओहरुमार्फत बिभिन्न व्यक्तिहरुले सामाजिक सद्भाव बिथोल्ने उद्धेश्यका साथ सकृय गतिविधि गरिरहेको र मूलधारका कतिपय मिडियाहरुलाईसमेत प्रभावित पारिरहेको सूचनाका आधारमा सरकारले लगामको तयारी गरेको हो । त्यस निम्ति कानुन मन्त्रालयले छुट्टै कानुनको मस्यौदा गरिरहेको बुझिएको छ । केही दिनअघि काठमाडौंकै एक तारे होटलमा मूल धारका मिडिया संचालक र सम्पादकहरुलाई बोलाएर एक संस्थाले वतर्मान सरकारलाई कसरी अधिनयाकवादी करार गर्न सकिन्छ विषयमा गोष्ठि नै आयोजना गरेको समाचार सार्बजनिक भएको थियो । उक्त गोष्ठिमार्फत मूलधारका मिडियाहरुलाई ‘मिसन’का रुपमा ‘कन्टेट’ उत्पादन गर्न लगाएर नियोजित रुपमा सरकारबिरुद्ध जनमत तयार गर्ने प्रयास गरिरहेको सूचना सरकारले यसअघि नै संकलन गरिसकेको छ । त्यस्ता संस्था र व्यक्तिबिरुद्ध सरकारले केही दिनयता निगरानीसमेत बढाइरहेको छ ।
सरकारको त्यस्तो तयारीलाई पुष्टि गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन । शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नु पर्ने धारणा राखे । “गलत उद्धेश्यका साथगलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” प्रधानमन्त्रीओलीले भने, “नेपाल भित्रने पैसा बैंकमार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”
प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाई गर्न नहुने र गुणस्तरीयतालाई पनि ख्याल गर्नुपर्ने बताए । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । “अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्