एनसेल १० भाग्यशालीलाई एक एक लाख


काठमाडौ । एनसेलले रिचार्ज एण्ड विनअफरअन्तर्गत चौथो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो ।
चौथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरूले बिहीबार जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन् । तेस्रो हप्ताका एकसहित यो हप्ताका घोषित कुल ११ विजेतामध्ये ६ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।
एनसेलका मानव संशाधन निर्देशक युवराज श्रीवास्तवले पाँच विजेत सल्यानकी सुमित्रा डाँगी, सर्लाहीका राकेश साह, झापाका शिव खत्री, मकवानपुरका दिनेश गमाल र सुरजकुमार बरुवाललाई एक एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्