एमाओवादी स्थायी समिति बैठक स्थगित, वैद्यसँग नरम बन्दै प्रचण्ड


काठमाडौंः एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा बसेको उक्त पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ ।

बिहीबार लाजिम्पाटमा बिहान ८ः३० बजेबाट सुरु भएको बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भएको थियो । बैठक शुक्रबार बिहान ८ बजे पुनः लाजिम्पाटमा बस्ने भएको छ । वैद्य माओवादीसँग पार्टी एकता लगायतका विषयमा अहिले एमाओवादी भित्र गहन छलफल सुरु भएको छ ।

बैठकमा एमाले नेतृत्वको सरकारमा एमाओवादीका तर्फबाट सहभागी मन्त्रीहरुको कामबारवाही, सरकारको मूल्यांकनलगायतका विषयमा पनि छलफल हुने एमाओवादीले जानकारी दिएको छ । पछिल्लो समय एमाओवादी एकताका लागि लचिलो बन्दै आएको छ । शुक्रबारको बैठकमा एकताका लागि कुन हदसम्म लचिलो बन्ने भन्ने बारेमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्