एमालेका १८ विभागले छाने सचिव


२० असार । एमालेको महाधिवेशनको दुई वर्षपछि विभागले पूर्णता पाएसँगै धमाधम सचिव चयन गर्न थालेका छन् । ३१ मध्ये अहिलेसम्म १८ वटा विभागले सचिव चयन गरिसकेको थाहा भएको छ ।

संगठन विभागमा ज्ञानबहादुर भुजेल र पार्टी स्कुल विभागमा ईश्वरी रिजाललाई एक वर्षअघि नै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा केन्द्रीय कमिटीले सचिव तोकिसकेको थियो । उनीहरु दुबै जना केन्द्रीय सदस्य हुन् ।

त्यसबाहेक राज्य व्यवस्था विभागमा केदार सञ्जेल, प्रचार विभागमा विष्णु रिजाल, विदेश विभागमा यादवचन्द्र शर्मा, संघीय मामिला विभागमा शिव गुरुङ, युवा तथा खेलकुद विभागमा दामोदर अर्याल, संस्कृति विभागमा प्राध्यापक केशव सुवेदी, सामान्य प्रशासन विभागमा धनकुमारी सुनार, कृषि तथा भूमिसुधार विभागमा लक्ष्मण लम्साल, अर्थ तथा योजना विभागमा डा. गोविन्दबहादुर थापा, विज्ञान तथा प्रविधि विभागमा रोमकान्त पाण्डे, भौतिक पूर्वाधार तथा यातायात विभागमा मोहन गौतम, निर्वाचन विभागमा बाबुराम दाहाल, उद्योग व्यवसाय विभागमा श्रीचन्द्र शर्मा, राष्टिय सुरक्षा विभागमा सोभियत ढकाल, सहकारी विभागमा केवी उप्रेती र संसदीय विभागमा अनन्त पौडेल सचिव चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्