एमालेको उपभोक्ता सचिवमा सूर्य थापा


२६ भदौ । नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित संरक्षण विभागको सचिवमा सूर्यबहादुर थापा निर्वाचित भएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय, धुम्बराहीमा बसेको विभागको बैठकबाट ललितपुर निवासी थापा सचिव निर्वाचित भएका हुन् ।

सर्वसम्मत रुपमा सचिव चयन गर्न विभाग प्रमुख घनेन्द्र बस्नेत र उपप्रमुख गणेश पहाडीले प्रयत्न गरे पनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । २५ सदस्यीय विभागमा थापाले १४, उनका प्रतिद्वन्द्वी प्रयागराज खड्काले सात र सांसदसमेत रहेका मकवानपुरका सुवासचन्द्र ठकुरीले एक मत प्राप्त गरेका थिए । सामाजिक सेवा क्षेत्रमा कार्यरत थापा विगतमा समाजकल्याण परिषद्को कोषाध्यक्ष भएका थिए ।

प्रतिक्रिया दिनुहोस्