एमालेको चार महिने अभियान सिराहामा


२६ कात्तिक । नेकपा (एमाले) को देशव्यापि ४ महिने अभियान अहिले सिराहा पुगेको छ । नेकपा (एमाले) महासचिव ईश्वर पोख्रेलले शुक्रबार सिराहामा अभियानको उद्घाटन गरे । जिल्ला कमिटिका सदस्य र अगुवा कार्यकर्तासहितको उपस्थितिमा पोख्रेलले अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रममा पार्टी सचिव योगेश भट्टराई, स्थायी समितिका सादस्य सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ, रामप्रित पासवान, रामरति राम, अनुशासन आयोगका सदस्य धर्मनाथ यादवलगायतले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्