एमालेको चियापान असोज २९ मा


८ असोज । नेकपा (एमाले) ले नेपालीका महत्वपूर्ण चाडपर्वहरु– दशैं, तिहार, नेपाल सम्बत्, छठ, इद, ल्होसार आदिका अवसर शुभकामना आदान–प्रदान गर्न आगामी असोज २९ गते कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्ने भएको छ । हिजोको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेका तत्कालीन तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले आरम्भ गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट चियापान कार्यक्रम आयोजना गर्ने निर्णय भएको जनाइएको छ ।

चियापान कहा गर्ने भन्नेलगायतको व्यवस्थापन केन्द्रीय सचिवालयले गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्