एमालेको चुनावी घोषणापत्र–पाँच वर्ष भित्र वेरोजगार अन्त्य गर्ने


४ वैशाख । एमालेले आफ्नो चुनावी घोषणापत्रमा ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने योजना अघि सार्ने भएको छ ।

सोमबार सञ्चारकर्मीहरुसँग एमाले मुख्यालयमा छलफल गर्दै स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पर्ने टोलीको नेतृत्व गरेका एमालेका कार्यवाहक अध्यक्ष गौतमले यस्तो बताएका हुन् । उनले घोषणापत्रमा एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक जनालाई रोजगारी दिने अवधारणा अघि सारेको पनि जानकारी दिए ।

एमालेले केन्द्रमा एमालेको सरकार बनेपछि ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था सिर्जना गर्ने गरी घोषणापत्र तयार गरेको जानकारी दिएको छ ।

३ वर्षभित्रै स्थानीय निकायलाई साधनस्रोत सम्पन्न बनाउने, पाँचवर्षभित्र सबै स्थानीय निकायलाई अन्तर्राष्ट्रिय सम्बन्धले जोड्ने लगायतका प्रतिवद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको गौतमले जानकारी दिए । दश वर्षभित्र शिक्षालाई एसियाको मापदण्डमा पुर्याउने, १५ वर्षमा चीन र भारतलाई उछिन्ने दाबी एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्