एमालेको परामर्शबिना संविधान संशोधन हुनै सक्दैनः माधव नेपाल


२ असोज । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।

एमाले काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हचुवाका पारामा संविधान संशोधन संभव नभएको बताए ।
‘राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुुलुक अगाडि बढ्छ’ पूर्वप्रधानमन्त्री नेपालले भने ।

यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले एमालेलाई अलग गरेर राष्ट्रिय राजनीति अघि जान नसक्ने बताए । ‘हामी स्भाभिमानी छौँ, छिमेकीले आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन’ उनले भने ।
नेता नेपालले जात र धर्मका नाममा राजनीति गर्दा जनतालाई बेफाइदा हुने बताए । उनले संविधान कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन नभए २०७४ माघ ४ गतेदेखि संवैधानिक जटिलता आउने तर्क तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्