एमालेको विरोधका बीचमा पनि उपाध्याय भारतको राजदूतमा अनुमोदित


१६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला भारतबाट फिर्र्ता बोलाइएका नेपालका लागि भारतका राजूदत दीपकुमार उपाध्याय फेरि त्यही देशका लागि राजदूत अनुमोदित भएका छन् ।

आइतबार बसेको संसदीय सुनुवाइ विशेष समितिले भारतका लागि उपाध्यय र चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलको नाम अनुमोदन गरेको हो ।

  विशेष समितिको बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई अनुमोदन गरेको छ । नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन सरकार रहेका बेला फिर्ता बोलाइएका राजदूत उपाध्ययलाई माओवादी केन्द्रकै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला त्यहि देशको राजदूत सिफारिस हुनुलाई एमालेले आश्चर्य भनेको छ ।

पौडेलका बारेमा कुनै असहमति नभए पनि एमालेले उपाध्ययका बारेमा भने असहमति जनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्