एमालेको विशेष निर्देशनः बजेट बुझाउन कार्यकर्ता परिचालन, सात प्रदेशमा नेता तोकिए


५ असार । सत्तारुढ नेकपा (एमाले) ले आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटका बारेमा जनतालाई बुझाउन कार्यकर्ता पंक्ति परिचालनको योजना तयार पारेको छ । महासचिव ईश्वर पोखरेलले अन्तरपार्टी निर्देशन जारी गर्दै तल्लो तहलाई परिचालनका लागि खाका दिनुभएको छ ।

केन्द्रीय सचिवालयको ३१ जेठमा बसेको बैठक उद्यृत गर्दै महासचिव पोखरेलद्वारा जारी निर्देशनमा नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा राष्ट्रव्यापी अभिमुखीकरण कार्यक्रम गर्न भनिएको छ ।

केन्द्रीय सचिवालयको ३१ जेठमा बसेको बैठक उद्यृत गर्दै महासचिव पोखरेलद्वारा जारी निर्देशनमा नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा राष्ट्रव्यापी अभिमुखीकरण कार्यक्रम गर्न भनिएको छ ।

निर्देशनमा नीति, कार्यक्रम तथा बजेटका विशेषताबारे उल्लेख छ– ‘नीति, कार्यक्रम र बजेट मार्फत् सरकारले नेपालको संविधानले परिकल्पना गरेको समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि जनमुखी, प्रगतिशील र अग्रगामी कार्यक्रमहरू अगाडि सारेको छ । प्रस्तुत गरिएका सामाजिक न्याय र सामाजिक सुरक्षाका कार्यक्रमहरूले विभेदमा परेका र आर्थिक र सामाजिक दृष्टिले पछाडि परे/पारिएका समुदायलाई मूल धारमाल्याउन महत्वपूर्ण योगदान गर्नेछन् । प्रस्तावित विकासका महत्वपूर्ण परियोजनाहरूले पूर्वाधार विकास, ऊर्जा र कनेक्टिभिटी लगायत क्षेत्रमा दूरगामी सकारात्मक प्रभाव पार्नेछन् भने कृषि र स्वरोजगारीका क्षेत्रमा प्रस्ताव गरिएका कार्यक्रमहरूको कार्यान्वयनबाट आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणको दिशामा ठूलो सहयोग पुग्नेछ । विनाशकारी भूकम्प, तराई–मधेसको बन्द –हडताल र नाकाबन्दीले थिलोथिलो पारेको अर्थतन्त्रलगायतका कठिनाइका बीचमा संयुक्त सरकारका आफ्नै सीमाभित्र रहेर प्रस्तुत गरिएका नीति–कार्यक्रम र बजेटले जनतामा ठूलो आशा जगाएको छ ।’

एमालेले भनेको छ– ‘यस्तो स्थितिमा, नीति–कार्यक्रम र बजेटका बारेमा जनस्तरमै राष्ट्रव्यापी बहस–छलफल र अभिमुखीकरण गर्नु र बजेटको कार्यान्वयनको पक्षमा अनुकूल वातावरण निर्माण गर्न पार्टीले पहल गर्नु आवश्यक छ ।’

को नेता कहाँ ?

नीति, कार्यक्रम तथा बजेटका बारेमा कार्यकर्तालाई बुझाउन एमालेले असार १८ गते सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । त्यसका लागि ठाउँ र नेता तोक्दै एमालेले सबै तोकिएका कार्यकर्तालाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

कार्यकर्तालाई बुझाउनका लागि अयोजना गरिने अभिमुखीकरणका लागि प्रदेश नं. १ को इटहरीमा बरिष्ठ नेता झलनाथ खनाल, २ नम्बरको जनकपुरमा महासचिव ईश्वर पोखरेल, ३ नम्बरको धुलिखेलमा अध्यक्ष के.पी. शर्मा ओली, ४ नम्बरको पोखरामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ५ नम्बरको बुटवलमा उपाध्यक्ष वामदेव गौतम, ६ नम्बरको सुर्खेतमा उपाध्यक्ष युवराज ज्ञवाली र ७ नम्बरको धनगढीमा उपाध्यक्ष भीम रावललाई मुख्य वक्ता खटाइएको छ ।

नीति, कार्यक्रम तथा बजेटका बारेमा कार्यकर्तालाई बुझाउन एमालेले असार १८ गते सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । त्यसका लागि ठाउँ र नेता तोक्दै एमालेले सबै तोकिएका कार्यकर्तालाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

को–को सहभागी हुँदैछन् ?

उक्त भेलामा सम्बन्धित प्रदेश अन्तरगतका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्य, पूर्वराष्ट्रिय प्रतिनिधि परिषद् र अञ्चल सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू, व्यवस्थापिका–संसदका सदस्यहरू र पूर्व सभासद/सांसदहरू, पूर्व जिविस सभापति/उपसभापति र मेयर, उपमेयरहरू एवं जनसङ्गठनका केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ ।

उक्त अभिमुखीकरणपछि असार २२ देखि २९ गतेसम्म जिल्ला सदरमुकाममा बजेट र नीति कार्यक्रमसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्न पनि एमालेले निर्देशन दिएको छ ।

हाते पुस्तिकामा के समेट्ने ?

एमालेले हाते पुस्तिका बनाएर आर्थिक वर्ष २०७३/७४ को वार्षिक नीति र कार्यक्रमका मुख्य विशेषताहरुका सम्बन्धमा कार्यकर्तालाई जानकारी गराउने भएको छ । त्यसका लागि निम्न कुरा समेट्न निर्देशन दिइएको छः
 नेपालको संविधानले परिकल्पना गरेको समतामूलक, न्यायपूर्ण र समृद्ध समाजको लक्ष्यको आलोकमा वर्तमान नीति, कार्यक्रम र बजेटको अन्तर्वस्तु
 पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले परिकल्पना गरेको ‘सुखी नेपाली: समृद्ध नेपाल’को लक्ष्य, निर्वाचन घोषणापत्रमा अभिव्यक्त पार्टी प्रतिबद्धता र त्यसको प्रकाशमा नीति, कार्यक्रम र बजेटको मुख्य विशेषता

बजेटले अगाडि सारेका विकाससम्बन्धी कार्यक्रमहरु
 ऊर्जा
 पूर्वाधार (सडक, यातायात, सञ्चार, विमानस्थल, सिंचाई, पुल आदि)
 सहरी विकास, समृद्ध गाउँ र तराई–मधेसको विकास
 व्यापार विविधीकरण (कनेक्टिभिटी र पारवहन)
 आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र (कृषि र स्वरोजगारी)
 लोककल्याणकारी राज्य, सामाजिक न्याय र सुरक्षा (सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमा आदि)
 शिक्षा र स्वास्थ्य
 शान्ति प्रक्रिया, संविधानकार्यान्वयन र राष्ट्रिय सहमति
 परराष्ट्र नीति र वाह्य सम्बन्ध आदि
 बजेटको कार्यान्व्यनका लागि पार्टीले खेल्नुपर्ने भूमिका

प्रतिक्रिया दिनुहोस्