एमालेको स्कुलमा पढ्न थाले जनप्रतिनिधि


ललितपुर, २७ वैशाख । नेकपा एमाले केन्द्रीय पार्टी स्कूल विभागले देशैभरिका जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ । ललितपुर जिल्लाका स्थानीय जनप्रतिनिधि र स्थानीय पार्टी नेत्तृत्व सम्मिलित  प्रशिक्षण शुरू गरेको हो । नेतृत्व विकासका बारे एमाले उपाध्यक्ष युवराज ज्ञवाली लगाएतका नेताहरुले प्रशिक्षण दिएका हुन । मार्क्सवादी दर्शन र आर्थिक सामाजिक रूपान्तरण, स्थानीय, प्रदेश तथा केन्द्रीय घोषणापत्र, स्थानीय अर्थतन्त्रको विकास र ३ नम्वर प्रदेश परिचय सम्वन्धी विषयहरूमा प्रशिक्षण दिइने छ । यस कक्षामा नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष लगायत पार्टी पदाधिकारीहरू तथा नगरपालिका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्षहरू गरि ५० जनाको सहभागिता रहेको केन्द्रीय पार्टी स्कुल विभागका सचिव इश्वरी रिजालले जानकारी दिए । आजदेखि सुरु भएको प्रशिक्षण देशैभरि चलाइने रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्