एमालेतिर ढल्कियो राप्रपा नेपाल, मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न दबाब


३ भदौ । राप्रपा नेपालले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न सरकारलाई दबाब दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा सहभागी नेकपा (एमाले) अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । राप्रपा नेपालले त्यहि कार्यतालिका अनुरुप निर्वाचन प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएको छ ।

त्यसैगरी स्थानीय तहको पुर्नसंरचना गर्दा संविधानको भावना अनुरुप गर्न पनि सरकारलाई दबाब दिने भएको छ । बैठकले कार्तिक २७,२८ र २९ गते अन्तराष्ट्रिय धर्मसभा गर्ने निर्णय पनि गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको निरन्तर विरोध गर्दै आएको राप्रपा नेपालले सरकारलाई यसरी दबाब दिदाँ एमालेले पनि राहतको महसुस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्