एमालेद्वारा काबुल घटनाको निन्दा, सरकारको प्रशंसा


९ जेठ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमा बसेको नेकपा (एमाले) स्थायी समितिको बैठक सकिको छ । बैठकले केही दिनअघि अफगानिस्तानको काबुलमा भएको आतंककारी हमलाको निन्दा गरेको छ ।

‘पार्टी १३ जना नेपाली सहितका बिभिन्न देशका नागरिकहरुको निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर निन्दा र भत्र्सना गर्दछ,’ सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने– ‘बैठक उक्त घटनामा जीवन गुमाएका सबैप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।’

बैठकले घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।बैठकले उक्त घटनामा जीवन गुमाएका नेपाली नागरिकहरुको शव ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने र त्यस घटनाका बारेमा जिम्मेवारपूर्ण ढंगले कुटनीतिक पहल गरेकोमा सरकारको प्रसंशा पनि गरेको छ ।

त्यसैगरी बैठकले घटनामा जीवन गुमाएकाहरुको परिवार तथा घाइतेहरुलाई तत्काल राहात उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानआकर्षण गर्नुका साथै यसमा आवश्यक पहल गर्न सरकार समक्ष आग्रह गरेको छ ।

यसका साथै बैठकले आप्रवासी कामदारहरुको सेवा र जीवनको सुरक्षाका लागि आवश्यक प्रवन्ध गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । स्थायी समितिको अर्को बैठक आगामी असार १२ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्