एमालेद्वारा श्रद्धाञ्जली तथा समवेदना


१० भदौ । नेकपा (एमाले) लोकप्रिय कलाकार खेमराज गुरुङ, आज मुग्लिन–नारायणगढ खण्डमा ज्यान गुमाउने र सांसद लक्ष्मीप्रसाद आमाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबा वक्तव्य प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जलीका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना दिएका छन् । यस्तो छ एमालेको वक्तव्यः

१. लोकप्रिय गायक खेमराज गुरुङको २०७३ भदौ ९ गते भएको असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध भएको छ । आम मानिसहरुलाई छुने भाका र शब्दमा गीत गाएर अत्यन्त लोकप्रिय हुनुभएका कलाकार गुरुङ मुलुकको एकजना आशालाग्दो प्रतिभा मात्र हुनुहुन्नथ्यो, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री पनि हुनुहुन्थ्यो ।

संखुवासभाको खादबारी नगरपालिका– ३ मा २०३१ माघ १ गते बुबा अमृत गुरुङ र आमा तुलसीमाया गुरुङबाट जन्मिनुभएका खेमराज गुरुङले अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, राष्ट्रिय जनसांस्कृतिक मञ्चको जिल्ला अध्यक्ष र पार्टीको खादबारी नगर कमिटी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहा“ले राजनीतिक पूर्वाग्रहका कारण झुटा मुद्दा झेलेर तीन वर्ष जेल जीवन पनि बिताउनुभएको थियो ।
राम्रो सम्भावना बोकेको र राष्ट्रका लागि अझ धेरै योगदान दिनसक्ने एकजना युवा कलाकारको निधन भएको यस अपुरणीय क्षणमा हाम्रो पार्टी दिवंगत कलाकार गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

२. आज रौतहटबाट पोखरातर्फ गइरहेको बस मुग्लिङ–नारायणगढ खण्डमा दुर्घटना परी २० जनाभन्दा बढीले ज्यान गुमाएकोमा पार्टी दुःखित भएको छ । यस्ता दुर्घटना बारम्बार भइरहनुले हाम्रो सडक र यातायात क्षेत्र असुरक्षित बन्दै गएको देखिएको छ । हाम्रो पार्टी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरूको उपचारको प्रबन्ध गर्न र यस्ता दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउ“छ ।

३. नेकपा (एमाले) का केन्द्रीय कमिटीका बैकल्पिक सदस्य तथा दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित व्यवस्थापिका–संसद्का सदस्य माननीय लक्ष्मीप्रसाद पोखरेललाई मातृशोक परेमा पार्टीलाई दुःख लागेको छ । उहा“की आमा धनरुपा पोखरेलको २०७३ भदौ ८ गते सा“झ दुल्लू नगरपालिका– ५ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन भएको छ । शोकको यस घडीमा हाम्रो पार्टी उहा“प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्