एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै


२४ असोज । एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको विकट हिमाली जिल्ला मनाङमा नेकपा (एमाले)ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ । संघको प्रत्यक्षमा एमाले जिल्ला अध्यक्ष पोल्तेनछोपाङ गुरुङलाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा राजीव गुरुङलाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ पासाङ विष्ट, याङ्दुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्न गुरुङ र नन्द गुरुङको नाम केन्द्रमा सिफारिस गरिएको छ । करिब छ हजार मतदाता रहेको जिल्लामा चार गाउँपालिका छन् । स्थानीय निर्वाचनमा एमाले र नेपाली काँग्रेसले दुई दुई स्थानमा जित हासिल गरेका थिए ।

यसैगरी, एमालेको भातृसंगठन जनसांस्कृतिक महासंघबाट समानुपातिकको नाम सिफारिस भएको छ । महासंघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्णय गरेअनुसार कार्यबाहक महासचिव प्रेमनाथ अधिकारीसहित साहित्यकारहरु श्यामप्रकाश तमोट, भूमिका लिम्बू सुब्बा, चेतनारायण राई, नारायण परिश्रमी, शोधा यादव, विष्णु प्रभात, रामकृष्ण दुवाल, रामकुमार श्रेष्ठ, देशभक्त खनाल, रमेश अर्याल, कृपाराम शर्मा धमला प्रतिनिधिसभाको समानुपातिकका लागि सिफारिस भएका छन् ।

यस्तै, सानु पहाडी, दीपकिशोर लिङ्दम, जङ्गबहादुर दर्जी, जीवनाथ पोखरेल, मोहन विक, सपनकुमार घिमिरे, सत्यनारायण चौधरी, नवीनकुमार मिश्र, मनोहरकुमार महतो, आशाकाजी श्रेष्ठ, नमूना शर्मा, भिक्टर प्रधान र पर्वतकुमार श्रेष्ठलाई सिफारिस गरिएको छ । यसैगरी, लालकाजी लामा, पुष्प आचार्य, कृष्णभक्त महर्जन, मनकुमार श्रेष्ठ, प्रा डा धनबहादुर कुँवर, बुद्धि गुरुङ, शन्तकुमार विक, माधवप्रसाद घर्ती, प्रतिभा पुन, मन गोल्डी, खड्ककुमार भट्टराई, सुरजकुमार परियार, वीरबहादुर बुढाथोकी र नरेन्द्रराज रेग्मीलाई विभिन्न प्रदेशको समानुपातिकका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्