एमालेमा ओलीका चार सम्भावित उत्तराधिकारी, कसको क्षमता के ?


२९ जेठ । नेकपा (एमाले)को नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्यक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको छ । ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेपछि अझ एमाले भित्र ओलीको उत्तराधिकारीको खोजि हुन थालेको हो । त्यसो त मदन भण्डारी फाउन्डेनशले गरेको भेलामासमेत संस्थापन पक्षले ओलीको उत्तराधिकारीको बहस नै चलाएका थिए । ओलीपछि को–को छन् उनका उत्तराधिकारी ? नयाँ पत्रिकामा शुरोजंग पाण्डेले रिपोर्ट नै बनाएका छन् ।

भण्डारी बाहिरिन्
नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदारी मानिएकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेसँगै यो रेसबाट बाहिरिएकी छिन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।

यस्ता छन् सम्भावित उत्तराधिकारीहरु

ईश्वर पोखरेल महासचिव
आठौँ र नवौँ महाधिवेशनबाट दुईपटक महासचिव भएका पोख्रेल सांगठनिक रुपमा कुशल र चतुर नेता मानिन्छन् । ०३२ मा गठित कोअर्डिनेशन केन्द्रदेखि नै लगातार केन्द्रीय कमिटीमा रहेका उनी माधव नेपालले १५ वर्ष पार्टी सञ्चालन गर्दा, झलनाथ खनाल अध्यक्ष बन्दा र अहिले ओली नेतृत्वमा आएपछि पनि उनी संस्थापनमै छन् ।

ओलीले उनलाई अझै उत्तराधिकारीको ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन् । 

तर, ओलीले उनलाई अझै उत्तराधिकारीको ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन्। पोख्रेललाई रुखो व्यवहार भएको आरोप लाग्ने गरेको छ । ओली खेमाकै शंकर पोख्रेलदेखि महेश बस्नेतसम्मका नेताहरुले पनि उनलाई अझै गुटको नेता मान्न सकेका छैनन् ।

 सुवास नेम्वाङ, दलका उपनेता

संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ पार्टीमा संयोजनकारी, मृदुभाषी र कूटनीतिक नेताका रुपमा परिचित छन् । अध्यक्ष ओलीको प्रस्तावमा २१ पुसमा बसेको संसदीय दलको बैठकबाट उनी दलको उपनेता चयन भएका थिए । उनलाई भण्डारीको ठाउँमा उपाध्यक्ष बनाउने तयारी भएकाले ओलीको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको छ । उनी ओलीका विश्वासपात्र पनि हुन् ।

तर, उनी संगठनको नेतृत्वको अनुभव कम भएको, अडान नभएको र समूह चलाउन सक्ने क्षमता नरहेको संस्थापनपक्षकै नेताहरुको आरोप छ ।

शंकर पोखरेल, स्थायी समिति सदस्य
वैचारिक नेताका रूपमा चिनिन्छन् । मदन भण्डारीले ०४९ मा अघि सारेको जबजको कार्यक्रमलाई पार्टीको सिद्धान्त बनाउनुपर्छ भनेर उनी ०५० मा अनेरास्ववियुका अध्यक्ष हुँदा नै चर्चामा आएका थिए । उनी ओलीलाई पहिलेदेखि साथ दिएका विश्वासिला नेता हुन् ।

शंकर पोखरेल ओलीलाई पहिलेदेखि साथ दिएका विश्वासिला नेता हुन् ।

तर, संविधानसभा र पार्टी महाधिवेशनमा पराजित भएपछि ओलीको विश्वास आर्जन गर्न पोखरेलभन्दा अरू नेता हाबी हुादै छन् । अन्तरमुखी स्वभाव, संगठन क्षमताको अभाव, पार्टीभित्रै विरोधीका बढी आलोचकका रूपमा पोखरेलको आलोचना पनि हुन्छ । ईश्वर पोखरेल र सुवास नेम्वाङभन्दा ‘जुनियर’ भएकाले सबैले उनलाई नेता मान्ने सम्भावना पनि कम छ ।

प्रदीप ज्ञवाली, सचिव
पार्टीमा लोकप्रिय र ओलीले विश्वासिला नेता हुन् । जनताको बहुदलीय जनवादको व्याख्या, विश्लेषण, लेखन, वाक्कलाका साथै व्यवहारमा सहज छन् । विश्लेषक र बौद्धिक रूपमा पार्टीभित्र फरक समूहले पनि मन पराउाछन् ।

जनताको बहुदलीय जनवादको व्याख्या, विश्लेषण, लेखन, वाक्कलाका साथै व्यवहारमा सहज छन् ।

तर, उनीभन्दा सिनियर अरू नेता भएकाले तत्कालै ओलीको उत्तराधिकारी बन्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्