एमालेलाई प्रचण्डको प्रस्ताव– ‘सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोजौँ’


१० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफु चीन भ्रमणमा जाने दिन पनि सहमतिका लागि निकै प्रयास गरे पनि उनको प्रयास असफल भएको छ । प्रदेशको सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रचण्डले प्रस्ताव गरे पनि एमालेले भने स्वीकार गरेका कारण त्यसले सकारात्मक रुप लिन सकेन । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग उनले बेग्लाबेग्लै भेटी यस्तो प्रस्ताव गरेका थिए ।

उनले आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुसँग भेटवार्ता गरी संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए । उनले छिमेकीलाई दलबीच सहमति भएको सकारात्मक सन्देश सुनाउन चाहेको भन्दै सहमतिको प्रयास गरे पनि उनको प्रयास सफल भएन ।

उनले ओलीसँगको भेटपछि दोस्रो चरणमा एमाले र मधेसी मोर्चासहित प्रमुख दलहरुसँग पनि बालुवाटारमा छलफल गरेका छन् । तर, त्यो वार्ता पनि सकारात्मक बन्न सकेन । वालुवाटार बैठकमा उपाध्यक्ष गौतमसँगै संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन हेरफेर बाहेकका अन्य विषयमा सहमति जुटाउन प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्