एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने


१८ साउन । नेकपा (एमाले)ले बुधबार हुने प्रधानमन्त्री पदको निर्वाचनमा आफ्नो पक्षबाट कोही पनि उम्मेदवार नउठाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ९ बजेदेखि बसेका बैठकले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कुनै उमेद्धारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘एमाले स्थायी समितिको बैठकले जिम्मेवार प्रतिपक्षमा बस्ने र विक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ भट्टराईले भने, ‘प्रममा उम्मेदवारी नदिने निर्णय गरेर एमालेले उच्च राजनीतिक संस्कार देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्