पार्टी एकता संयोजन समितिको अबको बैठकले एमाले माओवादी एकताको अन्तिम टुंगो लगाउदै


maobati kendraकाठमाडौ, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकतालाई छिट्टै टुंगोमा पुर्‍याउने बताएका छन। माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताएका हुन । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भइरहेको बैठकले पार्टी एकतालाई सकरात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका थिए। बैठकमा प्रचण्डले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको बताएका थिए।त्यस्तै, बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँटका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको प्रमुख सचेतक देव गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्