एमाले अध्यक्ष ओली आज बैंकक जाँदै


२६ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराउन आज बैंकक जाँदै छन् । परिवारका सदस्य र चिकित्सकको टोलीसहित अध्यक्ष ओली बैंकक जान लागेका हुन् । उनको बैंककको बुरुङगाड अस्पतालमा स्वास्थ्य परीक्षण हुने छ ।

केही दिनअघि पखालाका कारण स्वास्थ्यमा समस्या आएका अध्यक्ष ओली बैंककमा ६ दिनसम्म रहने छन् । ओलीसँगै उनका निजी चिकित्सकद्वय डा. दिव्या सिंह र डा. यादव भट्ट, श्रीमती राधिका शाक्य र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य पनि बैंकक जाने छन् ।

अध्यक्ष ओली आगामी माघ १ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्