एमाले अध्यक्ष ओली शुक्रबार ढाका जाँदै, ६ दिनपछि फर्किने


४ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बंगलादेश जाने भएका छन् । उनी बंंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा त्यस पार्टीको २० औँ त्रैबार्षिक सम्मेलनमा भाग लिन बंगलादेशको राजधानी ढाकातर्फ जान लागेका हुन् । ओली  शुक्रबार दिउँसो त्यसतर्फ जान लागेको एमालेले जानकारी दिएको छ । उनले ढाका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३०मा पत्रकार सम्मेलन गर्ने भएका छन् ।  आलीसंगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्रर्चाय, एमाले संसद् राजन भट्टराई पनि बङ्गलादेश जाने छ । ओली ६ दिनसम्म बंगलादेशमा रहनेछन ।

प्रतिक्रिया दिनुहोस्