एमाले अध्यक्ष केपी ओली र जापानी राजदुतबीच भेटवार्ता, के–के भयो कुराकानी ?


२४ साउन । भारतीय राजदूत रन्जित रायले भेट गरेको भोलिपल्टै नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्माले नेपालका लागि जापानका राजदूत मासाशी ओगावालेसँग पनि भेटवार्ता गरेका छन् ।

रन्जित रायसँग ओलीले पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा भेट गरेका थिए । जापानी राजदूतसँग पनि उनले पार्टी कार्यालयमै भेट गरेका हुन् । भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।

उहाँहरुबीच द्धिपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषययमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्