एमाले उपाध्यक्ष भीम रावलको जिल्ला अछामको मंगलसेनमा एमाले उम्मेदवार निर्विरोध


७ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । पहिलो चरणको निर्वाचनमा पहिलो दल बन्न सफल एमाले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो विजयी यात्रा कायम राख्दै पहिलो हुने संकेत देखाएकोछ । दोस्रो चरणको निर्वाचन यही असार १४ मा हुँदैछ ।

तर, एमालेले त्यस अघि नै केही जिल्लाका स्थानीय तहमा निर्विरोध भएको छ । पछिल्लो जानकारी अनुसार एमाले अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा निर्विरोध भएको छ । मंगलसैनमा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् ।

वडा नम्बर २ मा खुल्ला सदस्य पदका उम्मेद्धार पुरन वोगटी, बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी, दलित महिला सदस्यमा भुन्टी ढोली निर्विरोध निर्वाचित भएका हुन । उक्त वडाका नेपाली काँग्रसका उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिएपछि उनीहरु निर्विरोध निर्वाचत भएका हुन् ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ७ मा महिला वडा सदस्य जमुना जैसी पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अछाम एमाले उपाध्यक्ष भीम रावलको जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्