एमाले टोली १० दिने चीन भ्रमणमा


९ मंसिर । नेकपा (एमाले)का स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माको नेतृत्वमा २० सदस्यीय टोली उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको सिचुवान विश्वविद्यालयको भ्रमणमा भएको टोलीले चीनको आर्थिक विकास, चिनियाँ राजनीति आदिका बारेमा अध्ययन गर्ने छ ।

नेकपा (एमाले) स्कूल विभाग र तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानले २० सदस्यीय टोली चीन पठाएको हो । टोलीमा विश्वकर्मासँगै एमाले बैकल्पिक पोलिट्ब्यूरो सदस्य डाक्टर वंशीधर मिश्र, स्कूल विभाग सदस्य गोपीरमण उपाध्यय, सिन्धुली जिल्लाका निवर्तमान एमाले अध्यक्ष प्रदीप कटुवाल, युवा संघ उपाध्यक्ष दीलु पन्त, अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, तुलसीलाल अमात्य प्रतिष्ठानका डाक्टर बालचन्द्र मिश्र, मीठाराम शर्मा, सुमित्रा अमात्य, स्कूल विभागका सदस्यहरु मीनबहादुर शाही, बिमला घिमिरे, लालबहादुर महतारा, शिवजी गुरुङ, कुलचन्द्र आचार्य, दयालबहादुर शाहीलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्