एमाले पाल्पामा आचार्य


७ कार्तिक । नेकपा (एमाले) पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य चयन भएका छन् । एमाले पाल्पाको आठौं अधिवेशनले उनलाई सर्वसम्मत रुपले चयन गरेको हो ।

५९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा मोहन थापा मगर, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन भएका छन् । अधिवेशनबाट इलाकाबाट १४ जना, खुलाबाट १० जना, महिलाबाट १५ जना, जनजातिबाट ६ जना, उत्पीडितबाट ६ जना, पेशागतबाट एकजना, नगरपालिकाबाट दुई जना र अल्पसंख्यकबाट एक जना सदस्यमा चयन भएका छन् ।

सोही अधिवेशनले मोहनलाल गैरेको अध्यक्षतामा निर्वाचन कमिटी र राजेन्द्रलक्ष्मी गैरेको अध्यक्षतामा लेखा परीक्षण समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्