एमाले प्रचार विभाग सचिवमा रिजाल


१६ असार । नेकपा (एमाले)को प्रचार विभाग सचिवमा विष्णु रिजाल निर्वाचित भएका छन् । प्रमुख, उपप्रमुखसहित २५ जना रहेको प्रचार विभागमा सर्वसहमतिमा सविच छनोट हुन नसकेपछि निर्वाचन भएको थियो ।

निर्वाचनमा सचिव पदका लागि प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वमहासचिव रिजालबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचन प्रक्रियामा प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाले भाग लिएनन् ।

२३ जनाले मात्र निर्वाचन प्रक्रियामा भाग लिएका थिए । रिजाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनका प्रेस सल्लाहकार थिए । उनी लामो समयदेखि प्रचार विभाग सदस्यका रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्