एमाले प्रचार विभाग सचिव रिजाललाई मातृशोक, सचिव भट्टराईद्वारा शोक व्यक्त


४ साउन । नेकपा (एमाले) का सचिव एवं केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रचार विभागका सचिव विष्णु रिजालकी आमा डिल्लीसरा रिजालको दुःखद् निधन भएकोमा शोक प्रकट गर्नुभएको छ ।

बुधबार भट्टराईले शोक वक्तव्य जारी गर्दै उक्त समाचारले आफूहरु मर्माहत भएको उल्लेख गर्नुभएको छ । सचिव रिजालकी आमाको बुधबार बिहान दैलेख, भैरवी गाउँपालिका–५, डाँगरस्थित आफ्नै निवासमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

वक्तव्यमा सचिव रिजालकी ममतामयी आमाको निधनले पार्टीले एक असल अभिभावक गुमाएको जनाउँदै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्