एमाले मत्रपत्रमा दोस्रो नम्बरमा, चुनाव चिन्ह सूर्य


६ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह क्रम निर्धारण गरेको छ । क्रम निर्धारणमा नेकपा (एमाले) दोस्रो नम्बरमा परेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिन्ह क्रम निर्धारण गर्दा एमाले दोस्रो नम्बरमा परेको हो ।

त्यसैगरी निर्वाचन आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २६ राजनीतिक दललाई पुरानै चुनाव चिन्ह दिने भएको छ । एमालेको चुनाव चिन्ह सूर्य छ ।

पहिलो नम्बरमा नेपाली कांग्रेस छ । उसले चुनाव चिह्न रुख नै पाएको छ । त्यसैगरी तेस्रो नम्बर नेकपा माओवादी केन्द्र र चौथोमा राप्रपा छ । उसले गाई चिन्ह पाएको छ ।

प्रतिक्रिया दिनुहोस्