एमाले महाचिव पोखरेलले भारतीय राजदूतलाई भने, ‘आफू सफल हुने भन्दैथ्यो रे !’


२९ असार । माओवादीले सरकारलाई दिएको समर्थन अचानक फिर्ता लिएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रश्न गरेका छन्, ‘यसको निर्देशक को होला ?’
नेपालको सरकार परिवर्तनमा भारतको हात रहेको चर्चा चलिरहेको बेला मंगलबार राती ट्वीट गर्दैै महासचिव पोखरेलले नाम नलिएरै भारतीय राजदूतमाथि औंला ठड्याएका छन् । उनले भनेका छन्, ‘अब माओवादीले कांग्रेसलाई सघाउने, कांग्रेसले माओवादीलाई बोक्ने रे ! यसको निर्देशक को होला ?’ महासचिव पोखरेलले लेखेका छन्, ‘एउटा देशको प्रतिनिधि अब भने आफू सफल हुने भन्दैथ्यो रे !’

प्रतिक्रिया दिनुहोस्