एमाले महासचिव पोख्रेलले अष्ट्रेलियाबाटै भने– ‘लोकमानको नियुक्ति नै गलत थियो’


६ कात्तिक । नेकपा (एमाले) महासचिव ईश्वर पा्ेख्रेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति मुल ढोकाबाट नभई झ्यालबाट भएको दाबी गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा रहेका पोख्रेलले प्रवासी नेपाली मञ्च क्वीनसेल अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले लोकमानसिंहको नियुक्ति नै गलत भएको भन्दै उनीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरे । उनले माओवादी नेतृत्वको सरकार कुनै पनि दिन ढल्न सक्ने भन्दै अहिलेको सरकारले मुलुकलाई निकासा दिने भन्दा पनि समस्या सिर्जना गर्ने पनि दाबी गरे ।

उनले एमाले अब छिट्टै जनताको घरदैलोमा जाने भन्दै आगामि चुनावमा पहिलो पार्टी बन्ने दाबी गरे । ‘अबको चुनावमा माओवादी सानो चोइटो मात्र बाँकी रहन्छ,’ उनले भने ‘एमालेको प्रतिष्पर्धा अब माओवादीसँग होइन कांग्रेससँग हो । तर, कांग्रेसलाई पनि पछारिन्छ ।’

प्रतिक्रिया दिनुहोस्