एमाले माओवादीको सयुक्त कार्यक्रम समानन्तर व्यानरमा शुरु


काठमाडौं, ९ बैशाख नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम समानन्तर ब्यानर राखिएपछि शुरु भएको छ ।

एकताको संघारमा पुगेका दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एमालेको मात्र एकतर्फी ब्यानर राखेको र लेनिनको फोटो छुटेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला मच्चाएपछि कार्यक्रम ढिला हुन गएको हो ।

दिउँसो १२ बजेबाट शुरु हुने भनिएको कार्यक्रम विवाद भएको ब्यानर विचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानार राखेर कार्यक्रम गर्ने सहमति भएपछि चार घण्टा ढिला गरेर शूरु भएको छ । व्यानर विवाद भएपछि आइतवार १२ वजे शुरु भनिएको कार्यक्रम शुरु हुन सकेको थिएन ।

विवाद भएपछि एकता कार्यदल सहितका शीर्ष नेता छलफलमा लागेका थिए । पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै दुइवटा ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका छन् ।आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्