एमाले मोरङको अध्यक्षमा ढकाल निर्वाचित


२९ पुस । नेकपा (एमाले) मोरङको अध्यक्षमा युवा नेता विनोद ढकाल विजयी भएका छन् । हिजो राती सम्पन्न मतगणना अनुसार, निवर्तमान अध्यक्ष महेश रेग्मीलाई २ सय ७ मतको अन्तरले पछि पार्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढकालले ५ सय ४१ र रेग्मीले ३ सय ३४ मत ल्याएका थिए । रेग्मीभन्दा अघि ढकाल नै जिल्ला अध्यक्ष थिए । उनी अनेरास्ववियुका पूर्वउपाध्यक्ष हुन् ।

पदाधिकारीमा पनि ढकाल पक्षकैले जितेका छन् । उपाध्यक्षमा रामलाल साहले ६४९ र सत्यनारायण यादवले ३५७, सचिवमा ऋषि पोखरेलले ५०७, विद्या चाम्लिंगले ३३८, उपसचिवमा धना तामाङले ४५८ र राजकुमार ओझाले ३४६ मत प्राप्त गरेका थिए ।

आठौँ जिल्ला अधिवेशनको उद्घाटन पुस २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । एमालेले केन्द्रमा गुटबन्दी नगर्ने भन्दै १० बुँदे सर्कुलर जारी गरे पनि जिल्लामा लागू हुन नसकेको छैन । त्यहाँ दुई प्यानलका आधारमा निर्वाचन भएको थियो । ढकाललाई अध्यक्ष ओली निकटका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्