एमाले र माओवादी आन्तरिक छलफलमा


काठमाडौं, १९ वैशाख
एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि अन्तिम गृहकार्य अघि बढाएका छन् । एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको छ भने एमालेले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक बोलाएको छ ।
‘साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ, एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने,‘एजेण्डा भनिएको छैन, तर सम्भवत एकताकै विषयमा छलफल हुनसक्छ ।’

उता, माओवादी केन्द्रले पनि पार्टी एकताकै विषयमा छलफल गर्ने भएको छ । यद्यपि, बैठकमा बिभिन्न घटकबाट पार्टीमा प्रवेश गरेका बिभिन्न नेताहरुलाई दिइने जिम्मेवारी र संगठनात्मक व्यबस्थापनमा केन्द्रीत रहेर छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
एक÷दुई दिनभित्रै पार्टी एकता टुंगिने प्रचण्डको अभिव्यक्तिलगतै दुवै पार्टीले गृहकार्य थालेपछि महत्वका साथ हेरिएको छ । विहिबार प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच बालुवाटारमा थप छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्