एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति जुट्यो


१७ असोज । अन्ततः देशका दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने टुंगो लागेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यी दुई दलबीच तालमेल गर्ने सहमति बनेको हो ।

आज दुई वामपन्थी दलका शीर्ष नेतासहितको वार्तामा तालमेल गरी निर्वाचनमा जाने र पार्टी एकताका लागि संयुक्त संयोजन समिति बनाउने सहमति भएको जनाइएको छ । यसअघि एमाले र माओवादी केन्द्रले दुवै दलबीच वार्ता गर्नका लागि शीर्ष नेता रहेको टोली गठन गरेका थिए ।

गत आइतबार बसेको एमाले स्थायी समितिको बैठकले वामपन्थी र प्रगतिशील शक्तिबीच एकता र चुनावी तालमेल गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले एकता र चुनावी तालमेलका लागि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्