एमाले संसदीय दलको बैठक जारी, के–के छन् एजेण्डा ?


३० जेठ । नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवनको नुप्से हलमा बसिरहेको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाको विकासक्रमबारे छलफल भैरहेको सचेतक गोकुल घर्तीले पहिलो न्युजलाई जानकारी दिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गठबन्धन तोडेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि ? विश्वासको मत लिन संसद् ‘फेस’ गर्ने भन्नेमा विभिन्न मत बाहिर आइरहेका बेला एमालेले दलको बैठक बोलाएको हो ।

बैठकमा त्यस विषयमा पनि छलफल भैरहेको एमालेले जानकारी दिएको छ । प्रधानमन्त्री ओली संसदबाटै प्रधानमन्त्री निर्वाचित भएको भन्दै छाड्दा पनि संसद् नै फेस गरेर छाड्ने मनस्थितिमा छन् । यता उपाध्यक्ष वामदेव गौतम लगाएतका नेता भने राजीनामा दिनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्