एमाले स्थायी कमिटिको आकस्मिक बैठक ओली निवास बालकोटमा


११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आकस्मिक स्थायी कमिटि बैठक बस्ने भएको छ ।

ओली निवास बालकोटमा बस्न लागेको सो बैठकले सरकारले व्यवस्थापिका संसद्मा दर्ता गर्न लागेको संविधान संशोधनलगायतका विषयमा छलफल गर्ने स्रोतले जानकारी दिएको छ । एमाले संशोधनको विपक्षमा छ ।

तर, सरकार पेलेर अघि बढ्ने तयारीमा रहेको छ । यही बेला बस्न लागेको एमाले स्थायी कमिटि बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्