एमाले स्थायी समिति बैठक आज, एजेन्डा पुरानै


२५ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठक आज अपरान्ह तीन बजे बस्दैछ । सरकारले संविधान संशोधनका लागि प्रस्ताव अघि बढाउन लागिरहेको बेला बस्न लागेको यस बैंठकमा त्यसबारेमा छलफल हुने बताइएको छ ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, यसअघिको स्थायी समितिको बैठकमा प्रस्तुत भएर निर्णय हुन बाँकी विषयमा आजको बैठकमा छलफल हुनेछ । भदौ पहिलो साता आठ दिनसम्म बसेको स्थायी समिति बैठकमा पार्टीको सल्लाहकार परिषद्मा सदस्य थप, जेष्ठ कम्युनिस्ट मञ्च गठन, अरु पार्टीबाट आएकालाई जिम्मेवारी प्रदानलगायतका एजेन्डामा निर्णय हुन बाँकी छ । आज तिनै विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्