एमाले स्थायी समिति बैठक सकियो, बैठकमा ओली, नेपाल र रावलले के–के भने ?


जेठ २२ । नेकपा (एमाले)ले राष्ट्रिय सहमतिको सरकारमा निर्माणमा जोड दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार फेरवदलको चर्चा चलिरहेका बेला शनिबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले यसमा जोड दिएको हो ।

राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक व्यवस्थापन, प्रदेश संगठन कमिटी निर्माण, केन्द्रीय निकायमा मनोनयन, सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रव्यापी अभियान, जेष्ठ, सल्लाहकार मञ्चमा मनोनयनसहितका एजेण्डासहित वेलुकी पाँच बजे पुन: बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए । ‘बैठकले राष्ट्रिय सहमतिमा आउन सबै राजनीतिक दलहरुलाई पुन आग्रह गरेको छ,’ उनले भने ।

त्यसैगरी बैठकले सकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम र बजेट सकारत्मक, जनमुखी र अग्रगामी रहेको निष्कर्ष निकालेको छ । त्यसको जनस्तरमा सुसुचित गर्न र कार्यन्वयन गर्न पार्टीले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

‘नेकपा एमालेले बिगतदेखि नै राष्ट्रिय सहमतिमा जोड दिदै आएको सन्दर्भमा संविधानको कार्यन्वयन गर्दै मुलुकलाई अग्रगति दिन र राष्ट्रिय हित तथा स्वाधिनताका लागि राष्ट्रिय सहमतिको आवश्यकता आज पनि उत्तिकै छ,’ भट्टराईले भने, ‘त्यसैले बैठकले राष्ट्रिय सहमतिमा आउन सबै राजनीतिक दलहरुलाई पुन: आग्रह गरेको छ ।’

बैठकमा कसले के भने ?
केपी शर्मा ओली
राष्ट्रियता ज्यादा संकटमा छ । नेपाल र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र गरिरहेका छन् । त्यसैले पार्टीभित्रको आन्तरिक एकता वलियो बनाउनुपर्छ । राजनीतिक दलहरुबीचको एकता र सहमति जरुरी छ ।

माधव नेपाल
राष्ट्रिय सहमति आवश्यक छ । राष्ट्र संकटमा भएकाले पार्टीमा छलफल गर्नुपर्छ, संस्थागत निर्णय गर्नुपर्छ । एक्लाएक्लै चल्नेगरी बढ्नु हुदैन ।
भीम रावल
अहिलेको गठबन्धन टुटाउने प्रयास सबै हिसाबले गलत छ । हिजो संविधान बनाउने कि नबनाउने विवाद थियो । अहिले संविधान कार्यान्वयन गर्ने कि नगर्ने शक्तिबीचको विवाद हो । कार्यान्वयन गर्न नचाहने शक्ति वतर्मान गठबन्धन टुटाउन चाहन्छ । ओलीलाई हटाउन चाहने भएकाले हामी सजग र एकताबद्ध हुनुपर्छ ।

बैठकमा अन्य नेताहरुले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्